कर्णाली एमाले अधिवेशन : आन्तरिक रुपमा प्यानल बनाएर चुनाव लड्ने तयारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि दुई जनाबीच कडा टक्कर हुने सम्भावना देखिएको छ ।
प्रदेश संसदीय दलका नेतासमेत रहेका स्थायी कमिटी सदस्य यामलाल कँडेलनिकटका गुलाबजंग शाह र गोरखबहादुर बोगटी निकट मानिने नेता मिनबहादुर शाही अध्यक्षको दावेदारबाट पछि हटेका छैनन् । जसका कारण नेतृत्वका आकाक्षीहरु आन्तरिक रुपमा प्यानल बनाएर चुनाव लड्ने तयारिमा छन् ।
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका अनुसार अहिले बन्दसत्रको लागि तयारी थालिएको जनाए । ‘अहिले हामी बन्दसत्रको तयारीमा लागेका छौ, प्रशासनिक कामहरु भइरहेको छ’ शाहले भने, ‘अबको केही समयपछि बन्द सत्र सुरु हुन्छ ।’ उनका अनुसार अध्यक्षका लागि अहिले चार जनाको दाबेदार रहेको जनाए । ‘अहिले चार जनाको दावेदार रहेको छ, तर, दुई जनाको भने अहिले बढी नै दाबेदार हुनुहुन्छ’ उनले भने, ‘अहिले सहमतिको प्रयास गरिरहेका छौ, सहमति नभए चुनावमा जान्छौ ।’
प्रदेशको नेतृत्वको लागि मतदान हुने निश्चित जस्तै देखिएको छ । शाह र शाही नेतृत्वको लागि पछि नहटेपछि करिव निर्वाचनमा नै जान सकिने सम्भावना बढी देखिएको एमालेका नेताहरुको भनाई छ ।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन सत्रमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका थिए । तर, नेतृत्वका आकांक्षीहरू आन्तरिक रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा छन् । उपाध्यक्षमा गुलाबगङ्ग शाहको प्यानलबाट टेकराज पछाई र मीनबहादुर शाहीबाट लालबहादुर महतराले तयारी गरेका छन् ।सचिवमा मीनबहादुरतर्फका रुद्र शाही, डण्डिप्रसाद शर्मा र गुलाबजंगको प्यानलबाट ध्रुव शाहीको प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

प्रतिक्रिया