माछा, मासु र डेरी उद्योगलाई कारबाही

जनकपुरधाम -जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मापदण्ड विपरीत सञ्चालित माछा, मासु तथा डेरी उद्योगहरूलाई कारबाही गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा विभिन्न निकायहरूको सहभागितामा बुधबार भएको अनुगमनको क्रममा गुणस्तरहीन मासुको बिक्री गर्ने दुई वटा पसलबाट २७ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं २, ४ र १४ मा रहेको १४ वटा मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत गुणस्तरहीन मासु बिक्री गरेको पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक डा. सञ्जीव ठाकुरले जनाएका छन् । जनकपुरधामको हकिम मासु पसलबाट १३ किलो र सफीद मासु पसलबाट १४ किलो मासु नियन्त्रणमा लिएर नष्ट गरिएको जनाइएको छ ।
अनुगमनको क्रममा १४ वटा मासु पसल मध्ये ३ वटा दर्ता नभएको पाइएकाले ती पसलका सञ्चालकलाई ७ दिनभित्रमा दर्ता गरेर आवश्यक कागजपत्र लिएर कार्यालयमा उपस्थित हुनका लागि निर्देशन दिइएको केन्द्रका प्रमुख डा. ठाकुरले बताए । यसका साथै अधिकांश मासु पसलले मूल्य सूची नराखेकाले मूल्य सूची राख्नका लागि निर्देशन दिइएको छ ।
अनुगमन टोलीले जनकपुरधामस्थित डेरी उद्योगहरुमा समेत अनुगमन गरेका छन् । ती टोलीले माँ जानकी डेरीको दूध, दही तथा घ्यु परीक्षणका लागि नमूना सङ्कलन गरेर प्रयोगशालामा पठाएको छ । जनकपुरधाममा व्यवस्थित माछा, मासु बिक्री गर्ने पसल नभएका कारणले यसले नकारात्मक असर आम उपभोक्ता गुनासो आइरहेकाले अनुगमन गरिएको डा. ठाकुरले बताए ।
अनुगमनको क्रममा सरसफाइमा तत्काल सुधार गर्नका लागि व्यवसायीहरूलाई निर्देशन दिएका छन् भने अर्को पटक अनुगमन गर्न आउँदा सरसफाइ नभएको खण्डमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । पशुको वध व्यवस्थित तरिकाले गर्न तथा मासुको बिक्री एवं भण्डारण वैज्ञानिक विधिद्वारा गर्न समेत अनुगमन टोली पदाधिकारीहरूले माछा मासु विक्रेताहरुलाई दिएका छन् ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय, मधेश प्रदेशका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_ttZhEMatQh_xqgosreh1hj1mceigjri5smsbuek6h0wfhwfxskmyb6qghnkmxubbpuloh08.jpg)
प्रतिक्रिया