डोटीमा युवतीमाथि मट्टीतेल छर्केर आगो लगाइयो
गम्भीर अवस्थामा उपचार हुँदै

धनगढी : डोटीमा युवतीमाथि मध्यरातमा मट्टीतेल छर्केर आगो लगाइएको छ । जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटमाथि मध्यरातमा मट्टीतेल छर्केर आगो लगाइएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै पसलमा सुतिरहेको अवस्थामा मध्यरातमा उनीमाथि मट्टीतेल छर्केर आगो लगाएको खुलेको छ ।
आगोले जलेर गम्भीर घाइते भएकी भाटको राजपुरस्थित सुजंङ्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । उनका अनुसार आगो लगाउनेको पहिचान हुन सकेको छैन् । आगो लगाउनेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइतेकोे स्वास्थ्य अवस्था गम्भीर रहेको सुजंङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । उनको हात, खुट्टा, शरीर आगोले जलेको छ ।

आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

प्रतिक्रिया