'खड्गप्रसादजीले लोकतान्त्रिक प्रणालीमा खड्ग प्रहार गर्नुभयो'

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले प्रतिनिधि सभा विघटनविरुद्धमा परेका रिट निवेदनमाथि सुनुवाइ सुरु भइरहेको छ। बसहका क्रममा राजकुमार सुवालले प्रधानमन्त्रीले विश्वासको मत लिन्न वा लिन्न भन्ने विषय नभएको तर्क गरे । 'प्रधानमन्त्रीले बालुवाटारमा बसेर विश्वासको मत लिन्न भन्नुहुन्छ। विश्वासको मत लिन्छु भन्ने र लिन्न भन्ने विषय होइन,' उनले भने, 'यो संवैधानिक व्यवस्था हो।'
त्यस्तै अर्का अधिवक्ता कुलबहादुर बोगटीले संसद् विघटन गैरसंवैधानिक भएको तर्क गर्दै पुनर्स्थापनाको माग गरे । 'बद्नियतका साथ प्रतिनिधि सभा विघटन गरियो,' उनले भने, 'संसद् विघटन गैरसंवैधानिक छ। पुनर्स्थापनाको माग गर्छु।'
त्यस्तै किर्तिनाथ शर्माले वैकल्पिक व्यवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गर्न नपाइने तर्क गरे । 'प्रक्रियागत रूपमा आउनुपर्छ । वैकल्पिक व्यवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गर्न पाइँदैन्,' उनले भने, 'लोकतान्त्रिक पद्धतिमा आघात परेको छ । खड्गप्रसादजीले लोकतान्त्रिक प्रणालीमा खड्ग प्रहार गर्नुभएको छ।'

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया