एमाले बागमती अधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरु

काठमाडौं- नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ ।
बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो ।
जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुई दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनिएपनि अब अधिवेसन ११ असोजसम्म चल्नेछ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिए पछि दुई दिन बढी लम्बिएको हो ।
जसअनुसार निर्वाचन कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुनेछ । तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ । दिउँसो ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।
विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाइएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।
बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बागमती एमालले निर्वाचनको सम्पुर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा गर्नेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया