सुन किन्ने बहानामा चोरी, चार जना पक्राउ

काठमाडौं - सुन किन्ने बहानामा विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी-७ घर भई हाल काठमाडौं महानगर-१६ नयाँ बजार बस्ने ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर-१६ माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।
उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई गरगहना किन्ने बहाना बनाइ चोरी गरी फरार हुने गरेको घटना अनुसन्धानबाट खुलेको प्रहरीको आरोप छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया