स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् । शुक्रबार मन्त्रालयले पौडेललाई प्रवक्ता बनाउने निर्णय गरेको मन्त्रालयको कर्मचारी महाशाखा प्रमुख डा. दामोदर रेग्मीले बताएका छन् । 'मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ,' उनले भने ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) प्रमुखसमेत रहनुभएका डा. पौडेलले मन्त्रालयको प्रवक्ता जिम्मेवारी पाएक हुन् ।
यसअघि प्रवक्तामा प्रा डा.जागेश्वर गौतम थिए । प्रा डा. गौतम कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखको जिम्मेवारी दिइएपछि प्रवक्ताको जिम्मेवारी सहप्रवक्ता डा.समिर अधिकारीले सम्हालेका थिए ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया