यस्तो छ कर्णालीमा एमाले अधिवेशनको तयारी

सुर्खेत - नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको सर्बै तयारी पूरा भएको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् । अधिवेशनको बुधबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने छन् ।
‘अधिवेशनलाई एउटा अवसरको रुपमा लिएका छौँ । तयारीका लागि एमाले प्रदेश तहको सम्पूर्ण शक्ति लागिरहेको छ’ अध्यक्ष शाहले भने, ‘कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास हामीले गरिरहेका छौ ।’
अधिवेशनमा पार्टी महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
यस्तै विहीवार विहान ८ बजेदेखि बन्दसत्र शुरु हुनेछ । बन्दसत्रले पार्टीको राजनीतिक,सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ, भने ५ जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।
यस्तै, अधिवेशनमा १० जिल्ला र मोर्चा संगठन बाट ६ सय ४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा एक सय ९५ जना महिला र चार सय सात पुरुष रहनेछन् । जसमध्ये ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जना दलित प्रतिनिधित्व रहनेछ । जसमा जिल्लागत प्रतिनिधित्व (भूगोल अन्र्तगत) सुर्खेतबाट ११२, जाजरकोट ७५, दैलेख ७४, कालीकोट ६५, हुम्ला ४८, जुम्ला ४८, डोल्पा ३९, मुगु ३३, रुकुमपश्चिम २३ गरी ५५४ जना र विभिन्न २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया