शिक्षा विधेयकबारे कांग्रेसद्वारा सरोकारवालासँग छलफल

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका सांसद उपस्थित छन् ।
छलफलमा नेपाल शिक्षक महासंघ र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी छन् ।
प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । सो विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने अब बस्ने संसद्को बैठकमा प्रस्तुत हुनेछ ।
रासस

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया