बाजुरामा सुत्केरी महिलाको ज्यान खतरामा, उद्धारका लागि पहल

बाजुरा - जिल्लाको पूर्वउत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याकी एक महिलाको रक्तश्राव र साल नझरेर पाठेघरको मुख बन्द हुनपुग्दा उनको ज्यान जोखिममा परेको छ ।
उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा पुगेकोे स्वास्थ्य शाखाका संयोजक राजबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार रोकायाले मङ्गलबार बिहान बच्चा जन्माए पनि रगत बग्न नरोकिएको र सालनाल नझरेपछि उनको ज्यान जोखिममा परेको हो ।
सुत्केरी रोकायालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले पहल गरिरहेको संयोजक भण्डारीले बताए ।
उक्त घटनाका सम्बन्धमा गाउँपालिकाबाट जानकारी गराइएकाले नेपाली सेनाको हेलिकप्टरका लागी पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया