अवैध सामान नियन्त्रणमा लिन हवाइ फायर

विराटनगर : विराटनगरको मेटेरुवा सीमा क्षेत्रमा तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाइ फायर गरेको छ । आइतबार बिहान भारतबाट तस्करी गरेर सामान ल्याउदै गरेको समुहलाई लक्षित गरी प्रहरीले हवाइ फायर गरेको हो ।
तस्करीका सामान लिएर आउँदै गरेको समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर विवाद उत्पन्न भएको थियो । सोही क्रममा एक राउण्ड हवाइ फायर गर्नुपरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । १२/१५ जनाको समूहमा रहेको तस्करहरू प्रहरीमाथि जाइलाग्न खोजेपछि हवाइ फायर गर्नु परेको उनको भनाइ छ । प्रहरीले हवाइ फायर गरेपछि उनीहरू भागेको प्रहरीले जनाएको छ ।
प्रहरीले तस्करीमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको छ । एसपी खड्काकाअनुसार पक्राउ पर्नेमा विराटनगरकी ३३ वर्षीया रविना खातुन छन् । तस्करीका केही सामान समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
अहिले सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए । विराटनगरको मटेरुवा इलाका सबै भन्दा बढी सामान ओसारपसार गर्ने क्षेत्रमा पर्छ ।

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

कोदो खेतीमा किसानको आकर्षण बढेन

ताप्लेजुङको नयाँ बसपार्क सञ्चालनमा

प्रतिक्रिया