कर्णालीमा एमाले अधिवेशन : नेतृत्वका आकांक्षीहरू दौडधुपमा

सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मिति नजिकिएसँगै तीब्र तयारी चलेको छ । यहीं असोज १० गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि नेतृत्वको आकांक्षीहरू नेता तथा कार्यकर्ता भेटमा व्यस्त छन् ।
अधिवेशनको मिति नजिकिँदै गर्दा सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि कर्णालीमा भने मतदान हुने निश्चित देखिन्छ । नेतापिच्छे गुट उपगुट बनिरहेका कारण मतदान हुने सम्भावना देखिन्छ । कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार ८ सय ३७ जना छन् ।
प्रदेशमा अधिवेशनबाट चुनिने नेतृत्वका लागि मुख्य गरी पाँच जना आकांक्षीहरू देखिएका छन् । जसमा कालिकोटका मीनबहादुर शाही, प्रदेशका पूर्वसभामुख राजबहादुर शाही, कालिकोटकै प्रेमबहादुर सिंह, पोलिटब्युरो सदस्य गुलावजंग शाह र सुर्खेतका पूर्वसांसद सदस्य ध्रुवकुमार शाही आकांक्षी देखिन्छन् ।
यद्यपि प्रदेश अध्यक्षका लागि कालिकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच अझ बढी टक्कर हुने सम्भावना बढेको देखिन्छ । केन्द्रमा एउटै गुटका भए पनि कर्णालीमा भने पार्टीका स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीका गुट सक्रिय छन् । शाह कँडेल टिमबाट र शाही बोगटी टिमबाट अध्यक्षका लागि दाबेदार मानिन्छन् । शाही राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् । शाह पूर्व सांसद हुन् ।
एमालेले प्रदेशहरूमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन निर्णय गरेको थियो । लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव अन्य प्रदेशमा पनि देखिन थालेको छ । केन्द्रमा सबैका सर्वमान्य नेता पार्टी अध्यक्ष केपी शर्मा ओली भए पनि तल्ला कमिटीहरूमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट तयार भएको छ । जसको प्रभाव कर्णालीमा पनि पर्ने सम्भावना देखिन्छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_IAm3JJTPDW_ra07dnksne7ud5mpqxwkc6njlruzyiwi8cdac6kog9e7h4s9a1zwigpixk89.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया