संघीयता अरुले बोकाइदिएको भारी होइन, यसलाई हामीले सफल बनाउनुपर्छ : महामन्त्री थापा
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयता अरुले बोकाइदिएको भारी नभइ आफैँले लडेर ल्याएको व्यवस्था भएकाले यसलाई सफल बनाउनुपर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा बोल्दै यस्तो बताएका छन् ।
‘संघीयता ठीक ढंगले चलेको छैन यसमा सुधार गर्नुपर्छ भन्ने कुरा ठीक हो । तर, यो अरु कसैले बोकाइदिएको भारी हो, त्यसकारण यो हामीले बोकेको मात्रै भन्ने कुरा चै तथ्यको हिसाबले मिल्दैन,’ महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस फुटेको अवस्था थियो । नेपाली कांग्रेसको ११ औँ अधिवेशनले गरेको निर्णय र अझ नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टीको दस्तावेज हेर्यौँ भने मूलधारको नेपालको पहिलो राजनीतिक दल हो जसले अधिवेशनबाट संघीय लोकतान्त्रिका जनप्रतिनिधिमूलक शासन प्रणालीको व्यवस्था बनाउने भनेर निर्णय गरेको थियो ।’
उनले अगाडि भने, ‘त्यसैले आन्दोलन भन्दा अगाडि यो घोषणा हामीले गरेको यसलाई सफल बनाउने पार्टी हाम्रो हो ।’ संघले कानुनहरूको निर्माणमा ढिलाइ हुँदा संघीयताको कार्यान्वयनमा समस्या भएको उनले बताए ।
‘संघबाट बनाउने कानुन बनाइएको छैन,’ उनले भने, ‘निजामती कानुन बनेको छैन, प्रहरीको कानुन बनेको छैन । ४० बढी कानुन बन्न बाँकी छ । हामीले गर्नुपर्ने काम नगरेर आफैँ संघीयता असफल हुने बाटो तर्फ लिएर गएर कसलाई दोष दिँदैछौँ ?’
उनले मन्त्रालयहरूको बजेटमा पनि समस्या औंल्याउँदै संघीय सरकारका सबै कामले संघीयता असफल हुने बाटोमा गएको संकेत गरे । थापाले यस विषयमा पार्टीको महासमितिको बैठकमा अझै वृहत् छलफल गर्नका लागि समेत अनुरोध गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया