फिनल्याण्ड सरकारद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ : फिनल्यान्ड सरकारले सहयोग गरेको स्वास्थ्य सामग्री शुक्रबार बिहान काठमाडौँ आइपुगेको छ । तीन लाख ५० हजार एफ पीपीइ मास्क, एक लाख 'एन ९५' मास्क , दुई लाख ३२ हजार ५ सय पन्जा, ३० हजार गाउन, २४ लाख ९८ हजार फेस मास्क र तीन लाख ५० हजार फेस सिल्ड लगायतका सामग्री आइपुगेकाे हाे।
फिनिस सरकारले पठाइएको चार्टड विमानमा ती सामग्री शुक्रबार नेपालस्थित फिनल्याण्डका राजदूत प्रेटी एन्टीनेनले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री त्रिपाठीले संकटको समयमा स्वास्थ्य सामग्री सहयोग गरेकाले फिनिस सरकारलाई धन्यवाद व्यक्त गरे । दुवै देशको मैत्रीपूर्ण सम्बन्ध भएकाले फिनल्यान्ड जनता र सरकारप्रति उनले आभार प्रकट गरे । यो सहयाेग दुवै मुलुकका जनता र विकासका लागि साझेदारीको प्रतिक रहेको उनको भनाइ छ । पछिल्लो समय युराेपेली मुलुकबाट यस्ता सहयोग आएको भए पनि सरकारले खोपमा भने जोड दिन सकेको छैन । खोप नहुँदा एक डोज लगाएर बसेकाहरू निरश बनेका छन् ।
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया