सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर- सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।
रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

प्रतिक्रिया