सुर्खेतमा बालिकामाथि सामूहिक बलात्कार, चारजना पक्राउ

सुर्खेत- सुर्खेतमा बालिकामाथि सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमध्ये एक जना १९ वर्ष र अन्य तीन जना १५ र १६ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।
सुर्खेतको पश्चिम बाबियाचौरकी १३ वर्षीया बालिका नाचगान हेर्न गएको बेलामा बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीमा दिएको बयानअनुसार उनी पनि नाचगान हेर्न गइन् । साँझ ९ बजेतिर पिसाब लागेपछि उनी नजिकैको सडकमा आइन् । त्यही गाउँका १९ वर्षीय एक युवाले उनको मुख छोप्दै समाते । उनले बलात्कार गर्न खोज्दा कराइन् । उनी भागेर त्यही नाचगान भएको ठाउँमा गइन् । त्यहाँ गाउँका १६ र १५ वर्षीय दुई किशोर थिए । उनीहरूले ‘एक छिन काम छ, बहिनी’ भन्दै घर पछाडि बोलाए । उनी गएलगत्तै बालिकाको मुख छोपेर हातखुट्टा समात्दै महेन्द्रको घरमा लगे । बेलुका ११ बजेतिर उनीहरूले बालिकालाई बलात्कार गरेर नाचगान भएकै ठाउँमा फर्किए ।
केही समय बालिका अचेत भइन् । होस खुलेपछि उनी नजिकै छिमेकीको गाई गोठको माथिल्लो तलामा गएर सुतिन् । त्यहाँ पनि तिम्रो घरबाट बोलाएका छन् भनेर जबरजस्ती बलात्कार भएको बालिकाले प्रहरीमा बयान दिएकी छिन् ।
यसरी राति ९ बजेदेखि दुई बजेसम्म फरक–फरक स्थानमा एकै रात तीन जनाबाट बलात्कृत र एक जनाबाट बलात्कारको प्रयास भएकी उनी शारीरिक र मानसिक रूपमा विक्षिप्त भइन् । बिहान पख मात्रै बालिकाका साथीहरूले घरमा भनेपछि आफूले थाहा पाएको उनकी आमाले बताइन् ।
उनका अनुसार बालिकालाई एक वर्षको उमेरदेखि नै कुपोषण लागेको थियो । पोषण पुन:स्थापना गृहमा ल्याएपछि उनलाई सुधार भएको थियो । बलात्कार आरोपमा पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँको भएका कारण बलात्कारको घटना योजनाबद्ध रूपमा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ ।

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

खोलामा डुबेर दुई किशोरको मृत्यु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

घरबास सञ्चालन गरी आत्मनिर्भर बन्दै मुक्त कमैया महिला

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

आजको मौसमः आज पनि पाँच प्रदेशमा पानी पर्ने

प्रतिक्रिया