काठमाडौँमा ‘भेगन’ सम्बन्धि एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न

काठमाडौँ- नेपाल अक्युपञ्चर मोक्सिबुसन संघले ‘भेगन’ सम्बन्धी एक दिने सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । शनिवार संघले काठमाडौँमा भेगन सम्बन्धी आयोजना गरेको कार्यक्रममा अमेरिकाका शाकाहारी स्वास्थ्य शिक्षाविद् तथा अभियन्ता जोर्डन बि लोम आमन्त्रण गरेको थियो ।
पशुजन्य आहार सेवन गर्दा मानव शरीरमा विभिन्न किसिमका रोग लाग्ने गरेको लोमले बताए । शाकाहारी भोजन, शाकाहारी व्यक्तित्व र शाहाकाहारी जीवनशैलीले मानव स्वास्थ्यलाई असर नगरी अझ सहज बनाउनेमा उनले विश्वास व्यक्त गरे ।
कुनै पनि जीवजन्तुबाट बनाइने खानेकुरा नखाने, वनस्पतिजन्य खानेकुरा खाने, सबै प्राणीप्रति दया, माया र करुणामय व्यवहार गर्ने जीवनशैली अपनाउनाले मानव स्वास्थ्यलाई लाभ पुर्याउने उनले धारणा व्यक्त गरे ।
‘वर्षेनी बढ्दै गएको जीवनशैलीमा आधरित मोटोपना लगायत समस्या पशुजन्य आहार नै हो,’ उनले भने,’ धेरै जसो पुरानो रोगलाई रोक्न, उपचार गर्न र पहिला जस्तै तुन्दरुस्त हुनको लागि हाम्रो सम्पूर्ण खाद्य बिरुवामा हुनुपर्छ ।‘
मोटोपनको समस्या निम्त्याउने मुख्य कारण मासुजन्य परिकार रहेको लोमको भनाइ छ । गरिब तथा विकाशशील देशमा पशुशालाहरू पानी प्रदूषणको अग्र कारकमा रहेको उनले बताए ।
मासुजन्य आहार सेवन नगरेमा मानिस स्वस्थ्य हुन सक्ने उनको भनाइ छ । अधिकांश रोगको कारक मासुजन्य आहार रहेको उनले प्रस्ट पारे ।
संघले गरेको कार्यक्रमको संयोजन जेन स्पाका सञ्चालक रामदेव महत्तोले गरेका थिए । त्यसैगरी कार्यक्रमको सञ्चालन डा. विजय ज्ञवालीले गरेका थिए ।

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया