शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

क्यान अध्यक्षमा दोहोरिए चतुरबहादुर चन्द

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहोरिने भएका छन् । 

भावी अध्यक्षको कार्याकालका लागि हालसम्म चन्दले मात्रै मनोनयन दर्ता गरेपछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिने भएका हुन् ।

बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिएपछि चन्द पुनः निर्वाचित हुन लागेका हुन् ।

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफ्नो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका हुन् ।

उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको छ । समय सकिएको छ ।