क्रिकेटको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेर भारतले रच्यो इतिहास

काठमाडौँ- भारत आईसीसी क्रिकेट वरीयताको तीनवटै फर्म्याटको शीर्ष स्थानमा पुगेको छ । भारत आईसीसीको एकदिवसीय, टेस्ट र टी-ट्वान्टी फर्म्याटको वरीयतको शीर्ष स्थानमा पुगेको हो ।
यसअघि टेस्ट र टी-ट्वान्टी वरीयताको शीर्ष स्थानमा रहेको भारतले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल जित्दै एकदिवसीय वरीयताको पनि शीर्ष स्थानमा उक्लिएको हो ।
क्रिकेटको तीनवटै फर्म्याटमा एकैपटक शीर्ष स्थान हासिल गर्ने भारत दोस्रो टिम हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिका तीनवटै फर्म्याटको शीर्ष स्थानमा उक्लिएको थियो ।
एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिन भारतले शुक्रबार राति अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्यो ।
जितका लागि चाहिएको २ सय ७७ रनको लक्ष्य भारतले ४८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतलाई जित दिलाउन शुवमन गिलले ७४, रुतुराज गाइक्वाडले ७१ रन तथा कप्तान केएल राहुलले ५८ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७६ रन बनायो ।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ५२ रन बनाए । भारतका मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया