आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र विनयराजबीच प्रतिस्पर्धा

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ ।
क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने जनाईएको छ ।
यसैबीच हिजो शुक्रबार साधरण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउनेछ । त्यसका लागि निर्वाचन कार्यतालिका सार्बजनिक गरेको छ ।
जसअनुसार नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ः ०० बजे हुनेछ भने उम्मेदवारको मनोनयन उपर उजुर र छानविन बिहान ११ः ४० बजेको समयसिमा तोकिएको छ ।
यसरी उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता लिन चाहाने उम्मेदवारले बिहान ११ः ५५ बजेसम्म फिर्ता लिई सक्नु पर्नेछ । यसपछि मात्रै उम्मेदवानरको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । त्यसपछि मात्रै मतदान प्रक्रिया सुरु हुनेछ ।
भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ । कुनैपनि उम्मेदवारले प्रमुख पद जित्नका लागि ४३ मत मात्रै ल्याउन सकेमा बिजयी हुनेछ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया