एसियन गेम्सका लागि स्क्वास टिमको बिदाइ

काठमाडौँ- नेपाल स्क्वास एन्ड र्याकेट्स संघले १९ औँ एसियन गेम्समा सहभागी हुने स्क्वास टिमलाई बिदाइ गरेको छ ।
नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष ध्रुवबहादुर गुरुङलगायतले खेलाडी, प्रशिक्षक र व्यवस्थापकको टिमलाई शुक्रबार बिदाइ गरेको हो ।
एसियन गेम्समा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ । नेपाली टिममा पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन तथा महिलातर्फ कृष्णा थापा, विपना ब्लोन र स्वस्थानी श्रेष्ठ रहेका छन् ।
प्रशिक्षकमा हिराबहादुर थापा मगर र म्यानेजरमा किशोर महर्जन रहेका छन् । नेपाली स्क्वास टिम शनिबार चीनको हान्झाउ प्रस्थान गर्नेछ ।
स्क्वासलाई सहयोग
यसैबीच बिदाइ कार्यक्रममा एक्स स्टेपले नेपाली स्क्वास टिमलाई खेल पोशाक प्रायोजन गरेको छ । एक्स स्टेपले स्क्वास टिमलाई २० टिसर्ट र आठ हाफ पाइन्ट वितरण गरेको थियो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया