भक्तपुरमा पाँच दलको संयुक्त विरोध प्रदर्शन
भक्तपुर : प्रतिनिधि सभा विघटनविरुद्धमा बिहीबार साँझ भक्तपुरमा ५ दलले संयुक्त विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस भक्तपुरको नेतृत्वमा भएको कार्यक्रममा भक्तपुरको टौमढीमा थाल थटाएर, सिटी बजाएर र घन्टी बजाएर सहभागीहरूले विरोध गरेका थिए ।
कार्यक्रममा कांग्रेस बाग्मती प्रदेश सभा सदस्य कृष्णलाल भडेल र माओवादी केन्द्रका बाग्मती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठको समेत सहभागिता रहेको थियो । विरोध कार्यक्रमा कांग्रेस, एमाले माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह, माओवादी केन्द्र,राष्ट्रीय जनमोचा जिल्ला नेताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम साँझ ७ बजे भएको थियो । त्यस्तै तरुण दल भक्तपुरले पनि सल्लाघारीमा शंख बजाइ, थाल थटाइ र सिटि बजाई प्रतिनिधी सभा विघटनको विरोध गरेका थिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया