शिक्षक र सरकार आन्तरिक छलफलमा जुटेपछि वार्ता समय सर्यो

काठमाडौँ- आन्दोलनरत शिक्षकहरूसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको वार्ता चार घण्टा पर सरेको छ ।
असोज ३ गतेदेखि देशभरका शिक्षकहरूले काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि सरकारले उनीहरूलाई वार्तामा बोलाएको थियो ।
बिहीबार बिहान र राति भएको वार्ता निष्कर्षविहीन भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको थियो । तर, सो वार्ता अब १२ बजेसम्ममा सिंहदरबारमा हुनेछ ।
शिक्षकहरूको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि वार्ता १२ बजेका लागि सारिएको हो । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुवै आन्तरिक छलफलमा जुटेका छन् ।
सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए । सो छलफल पुर्ण नभएपछि थप समय माग गरिएको हो ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया