सरकार र शिक्षकबीच वार्ता हुँदै : हिजोको छलफल सकरात्मक, आजै सहमति हुनसक्ने

काठमाडौँ- विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार साँझ भएको वार्ता सहमतिनजिक भएपछि आज बिहान ८ बजे पनि वार्ता हुन लागेको हो ।
नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताए । उनले भने, 'आज बिहान ८ बजे सरकारले वार्ताका लागि पुनः बोलाएको छ । शिक्षकहरूको प्रदर्शन पनि जारी रहनेछ ।'
उनका अनुसार वार्ता सहमतिनजिक पुगेको पनि उनले बताए । आज त्यसलाई मूर्त रुप दिनेबारे छलफल हुने उनले जानकारी दिए ।
त्यस्तै कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँग छलफल सकारात्मक रहेकाले आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए । 'आज सकारात्मक छलफल भएको छ । अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर बिहीबार छलफल भएको हो । आज बिहानसम्म टुङ्गिन्छ' उनले भने ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया