शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ - आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने तय भएको नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए ।
गिरीले आन्दोलन र वार्ता सँगसँगै लाने बताए । उनले भने, 'बिहान ८ बजे सरकारले वार्ताकालागि पुनः बोलाएको छ, भने शिक्षकहरूको प्रदर्शन पनि जारी रहनेछ । वार्ता सहमतिनजिक पुगेको पनि उनले बताए । भोलि त्यसलाई मूर्त रुप दिनेबारे छलफल हुने उनले जानकारी दिए ।
आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग छलफल भएको थियो ।

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रवि…

पोखरा विश्वविद्यालयको डेढ अर्बको बजेट एवं नीति कार्यक्रम पारित

त्रिभुवन विश्वबिधालयको कुलपतिमा अर्याल नियुक्त

त्रिविको उपकुुलपतिमा तीन जनाको नाम सिफारिस

प्रतिक्रिया