कांग्रेस महासमिति बैठक मंसिरमा गर्ने प्रस्ताव

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने प्रस्ताव आएको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार सुरु भएको केन्द्रीय समिति बैठकमा नीति महाधिवेशनको समेत काम गर्ने गरि महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा गर्ने गरि प्रस्ताव आएको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
बैठकमा महामन्त्री गगन कुमार थापाले अहिलेसम्म भइगरेका कार्यक्रमहरुको समीक्षाका बारेमा समिक्षात्मक प्रतिवेदन पेश गरेका थिए । बैठकमा पार्टीका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले सरकारको गतिविधिका बारेमा जानकारी गराएका थिए ।
सो क्रममा खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए । संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको उनले बताएका थिए । बिहीबार बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेको प्रचार बिभाग प्रमुख विश्वकर्माले बताए ।
कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने विश्वकर्माले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया