बारपाकको अवस्था भयावह, गाउँपालिकाले माग्यो केन्द्र र प्रदेश सरकारसँग सहयोग

काठमाडौँ : गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोभिडसँग मिल्दोजुल्दो लक्षण भएकाको संक्रमण दर बढेको छ । गएराति तीन जनासहित दुई सातामा १२ जनाको मृत्यू भएको छ । मृतक सबैमा कोभिडको मिल्दोजुल्दो लक्षण देखिएको स्थानीयले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था गाउँपालिका एक्लैले थेग्न सक्ने खालको नभएको बताए । 'बारपाक क्षेत्रको पछिल्लो स्थितिको अनुमानका आधारमा नियन्त्रण, रोकथाम, एवं व्यवस्थापनमा चुनौती देखा परेको कारण संवैधानिक रुपमा उल्लेख गरिएअनुरुप महामारी नियन्त्रणका लागि जिम्मेवारी तोकिएका संघीय सरकार एवं प्रदेश सरकार समक्ष सहयोग एवं समन्वयका लागि गाउँपालिका कार्यालय अनुरोध गर्दछ ' गाउँपालिकाका अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया