उद्योग समितिले असोज १० देखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो ।
समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए । उनले बजार अनुगमन नेपाल सरकारका सम्बन्धित निकायहरू, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरूका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताए । उनले समितिले अनुगमनका लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताए ।
सभापति खानले उपसमितिहरूले प्रदेशका मुख्य व्यापारिक केन्द्रहरू धनगढी, नेपालगन्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका सहरहरूमा अनुगमन गर्ने उल्लेख गरे । उनले काठमाडौँ उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूमा अनुगमन गर्ने बताए । उनले अनुगमन उपसमितिले सरोकारवाला निकायहरूसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताए ।
उनले चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

प्रतिक्रिया