नागरिकता अध्यादेशमा एनआरएन नसमेटिएपछि आपत्ति

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए) का सल्लाहकार एवम् पूर्वउपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरूको मुद्दा सम्बोधन नभएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सरकारले गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्ने गरेको टिप्पणी गरेका हुन् ।
नेपालको संविधानमा नै उल्लेख गरिएको विषयलाई पनि सरकारले उपेक्षा गरेको उनको आरोप छ । ‘देशका अन्य नागरिकहरुका नागरिकताका सवाल संसद नभएको अवस्थामा फास्ट ट्रयाकमा सम्बोधन भैरहेको अवस्थामा गैर आवासीय नेपालीका नागरिकताका सवालमा भने निरन्तर विलम्ब हुनु दुःखद पक्ष हो । यसतर्फ नेपाल सरकारको जति सक्दो चाँडो ध्यान जाओस् भन्ने आग्रह गर्दछु’ आचार्यले भनेका छन् ।
भूकम्पको बेला वा अन्य जुनसुकै विपत्तिमा गैर आवासीय नेपालीहरूले मातृभूमि र नेपालीहरूको लागि सहयोग गरिरहेको स्मरण गर्दै आचार्यले सरकारले भने कहिल्यै उनीहरूको बारेमा ध्यान नदिएको गुनासो गरेका छन् ।
आचार्यले भनेका छन्, ‘गैर आवासीय नेपालीहरुले भूकम्पको बखत होस् या अन्य संकटको समयमा निरन्तर सहयोग गरिरहेको अवस्था छ। महामारीको बखत सबै भन्दा धेरै पीडा भोगेका प्रवासी नेपालीहरुलाई देशको सहयोग आवश्यक थियो । तर संविधानले नै प्रत्याभूत गरेको गैरआवासीय नागरिकताका विषयमा भने अझै सुनुवाइ भएन।’ आचार्यले नेपाली नागरिकता, सम्पत्तिको अधिकार, श्रमिकको सुरक्षा नै एनआरएनएको मूल मन्त्र भएको स्पष्ट पारेका छन् ।
प्रवासमा नेपाल र नेपालीको दूत बनी नेपाली भाषा, संस्कृति, व्यापार र राष्ट्रियताको पनि एनआरएनहरुले पैरवी गरिरहेको स्मरण गरेका छन् । संसदको राज्य व्यवस्था समितिले तयार पारेको नागरिकता सम्बन्धि विधेयकमा एनआरएन नागरिकताको प्रावधान समावेश गरिएपनि सरकारले गत साता जारी गरेको अध्यादेशमा उक्त प्रावधान हटाइएको छ ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया