बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द, शिक्षकहरू आन्दोलन गर्न काठमाडौँमा

काठमाडौं- आजदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । 

आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो ।
 
आफना मागहरू सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । 

‘बुधबारदेखि देशैभरका शिक्षकहरू आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुँदैछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन विद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरूप्रति गम्भिर नभएपछि बाध्य भएर सडकमा आउनु परेको हो ।