काठमाडौँ महानगरमा भोलिदेखि पठनपाठन सुचारु हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका विद्यालयमा भोलिदेखि नियमित रूपमा पठनपाठन हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरभित्रका विद्यालयमा भोलि बिहीबारदेखि पढाइ सुचारु हुने बताएका हुन् ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरभित्रका विद्यालयमा पठनपाठनमा अवरुद्ध भएको थियाे । उक्त आन्दोलन पश्चात् पनि विद्यालयमा विद्यार्थीले पढ्न पाउनु पर्ने माग प्रवक्ता मानन्धरकाे छ ।
विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरिसकेको मानन्धरको भनाइ छ ।
'विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ,' उनले भने ।
महानगरपालिकाले शिक्षक कर्मचारीलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।
बुधबार शिक्षक महासंघले माइतीघरदेखि बानेश्वरसम्म शिक्षकले आन्दोलन गरेका थिए । आन्दोलनमा देशभरका शिक्षक सहभागी भएका थिए ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया