पनिकाको गाडीमा विद्यार्थीद्वारा आगजनी

विराटनगर- उत्तर पुस्तिका साटफेर गरेको विषयमा चर्किएको विवादपछि विद्यार्थीहरूले त्रिवि परीक्षा नियन्त्रण कार्यालय क्षेत्रीय सम्पर्क कार्यालय विराटनगरको एउटा गाडी आगजनी गरेका छन् । बुधबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले विराटनगरकै डिग्री क्याम्पसमा रहेको परीक्षा नियन्त्रण कार्यालयको बा १७ च ८२३८ नम्बरको टाटा सुमोमा आगजनी गरेका हुन् । आगजनीबाट गाडी कामै नलाग्ने गरी जलेको छ ।
महेन्द्र मोरङ क्याम्पसको मानविकी संकाय अन्तर्गत स्नातक अंग्रेजी विषयको पहिलो वर्षको परीक्षामा सोही क्याम्पसका प्राध्यापक राजन दत्तले अर्की विद्यार्थी सन्ध्या कायस्थको थप उत्तर पुस्तिका साटफेर गरेर आफ्नी छोरीलाई पास गराएको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
गत वैशाख १९ गते लिइएको उक्त परीक्षाको उत्तर पुस्तिका परीक्षणमा भएको गडबडीमा त्रिविले पुनः परीक्षा लिई दुई दिनमै परिणाम प्रकाशित गर्ने आश्वासन दिएको थियो । उक्त परीक्षाको परीक्षाफल आउँदा प्राध्यापक दत्तकी छोरी पास भएको तर अर्की विद्यार्थी कायस्थ भने फेल भएकी थिइन् ।
आफ्नी छोरीले दिएको परीक्षामा गार्ड बसेका प्राध्यापक दत्तले नै उत्तरपुस्तिका साटेको आरोप लगाउँदै आएका छन् । विवाद चर्किएपछि त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विराटनगर आएको बेलामा दिएको आश्वासन पनि कार्यान्वयन नभएको भन्दै विद्यार्थीहरू आन्दोलित थिए ।
अनुसार थप उत्तर पुस्तिका साटिएकी विद्यार्थी कायस्थलाई पुनः परीक्षा दिलाइएकोमा त्यसको समेत परीक्षाफल प्रकाशित नगरेको भन्दै विद्यार्थीले आक्रोश पोखेका छन् । परीक्षामा ६०००३००८२ सिम्बल नम्बर रहेकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थपेकी थिइन् । तर, उक्त उत्तर पुस्तिकालाई परीक्षाका गार्ड समेत बसेका प्राध्यापक दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकामा समावेश गराइदिएको विद्यार्थी संगठनहरूले दाबी गरेका छन् ।
उत्तर पुस्तिकाको विवादबारे प्रमुख दलहरू सम्बद्ध विद्यार्थीहरू संगठनहरूले महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख डा. बाबुराम तिम्सिनालाई ज्ञापन पत्र समेत बुझाएका थिए । तर माग सुनुवाइ नभएको आरोप लगाउँदै आएका विद्यार्थी संघ संगठनहरूले बुधबार भने सोही विषयको समस्या समाधानका लागि डिग्री क्याम्पसमा छलफल चलिरहँदा क्याम्पस प्रमुख तिम्सिनासहित डिग्री क्याम्पसस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय, पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय विराटनगरका प्रमुख एवम् सहपरीक्षा नियन्त्रक डा. डिल्ली प्रसाईंलाई कोठामै थुनेका थिए ।
प्रहरीले क्याम्पस प्रमुख डा.तिम्सिना र सहपरीक्षा नियन्त्रक डा.प्रसाईंलाई बिहीबार बिहान करिब १ बजेतिर थुनिएको कोठाबाट बाहिर निकालेपछि आक्रोशित विद्यार्थीहरूले विराटनगरको रोडशेष चोक र महेन्द्र मोरङ क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरूले राती नै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि पुगेर नाराबाजी समेत गरेका थिए ।
त्यहाँबाट पुनः डिग्री क्याम्पस फर्किएका उनीहरूले बिहान गाडीमा आगजनी गरेका हुन् । उनीहरूले क्याम्पस प्रशासन समक्ष शान्तिपूर्ण रूपमा ज्ञापन पत्र बुझाउँदा पनि माग सुनुवाइ नभएको आरोप लगाएका छन् ।

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_0O8QhAlE6k_2vzg2foq2otp41cccjptjdw4ph4gyjugsycdpo2j1dx3jd0e52x3ipwr3jj1.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

प्रतिक्रिया