माइतीघरमा शिक्षकहरूको प्रश्न : हौसला र प्रेरणा खोई सरकार ? {फोटो फिचर}

काठमाडौँ- संसद्का दर्ता भएको शिक्षासम्बन्धी बिधेयकप्रति आपत्ति जनाउदै शिक्षकहरुले काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा बुधबार काठमाडौँको माइतिघरदेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरिएको हो ।
सरकारले आह्वान गरेको वार्तासमेत अस्वीकार गर्दै महासंघले विद्यालयमा पठनपाठन बन्द गर्नेसहितको आन्दोलन गरेको हो । विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवालमा ध्यान दिन नसकेको महासंघको आरोप छ ।
त्यस्तै अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा समेत विधेयकले कुनै सम्बोधन गर्न नसकेको महासंघको बुझाई छ ।
शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ ।
शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता टोली गठन वार्ता आह्वान गरेको छ । तर महासंघले भने आफुहरुको सवाल शिक्षा मन्त्रालयसंग मात्रै नभएको भन्दै वार्तामा बस्न मानेको छैन ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया