त्रिदेशीय सिरिजः पीएनजीले मलेसियालाई हरायो

काठमाडौँ- मलेसियामा जारी त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) ले घरेलु टोली मलेसियामाथि शानदार जित हात पारेको छ ।
क्वालालम्पुरमा बुधबार भएको खेलमा पीएनजीले मलेसियालाई ४५ रनले पराजित गरेको हो ।
१ सय ५३ रनको लक्ष्य पछ्याएको पीएनजीले ९ ओभर ४ बलमा १ विकेट गुमाएर १ सय ८ रन बनाउँदा वर्षाका कारण खेल पूरा हुन सकेन ।
त्यपछि डीएल मेथडअनुसार पीएनजीले ९ ओभर ४ बलमा ६४ रनको लक्ष्य पाएपनि उसले १ सय ८ रन बनाएका कारण ४५ रनको जित हात पारेको हो ।
पीएनजीको जितमा टोनी उराले ३३ बलमा ६ चौका र ४ छक्काको मदतमा ६२ रन तथा कप्तान असाद भालाले ३८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो ।
मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ४९ रन बनाउँदा पीएनजीका अलेइ नाओले सर्वाधिक ३ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया