अमेरिकन आइडलको अन्तिम एपिसोडमा किन गाएनन् आर्थरले ?

लसएन्जल्स : गत आइतबार साँझ अमेरिकन आइडलको १९ औं सिजन सकियो । यो सिजनमा आर्थर गन अर्थात् दिबेश पोखरेलले पनि ‘वाइल्ड कार्ड इन्ट्री’ पाएका थिए । १८ औं सिजनको उपविजेतामा सीमित आर्थरले महामारीका कारण पर्याप्त स्टेज र रेकर्ड लेबल पनि नपाएको भन्दै आयोजकले आर्थरसँगै अन्य केही प्रतिस्पर्धीलाई मौका दिने निर्णय गरेको थियो ।
यस्तोमा कमब्याक प्रस्तुतिमा सबैभन्दा धेरै भोट पाउने गायकले नयाँ सिजनको टप टेनमा मौका पाउने प्रावधान थियो । आर्थर गनले अनुमान अनुरुप नै धेरै भोट पाए र नयाँ सिजनको टप टेनमा स्थान बनाए । यहीपछिका दुई प्रस्तुतिमार्फत उनले टप ७ सम्म पुग्ने भोट पाएका थिए । तर, ७ बाट ५ मा पुग्ने समयमा भने आर्थर गन अविश्वसनीय रुपमा आउट भए ।
त्यसका बावजुद आर्थर गन ४ दिनअघि भएको फाइनल एपिसोडमा गीत गाउने सूचीमा थिए । आर्थर आफैंले नयाँ सिजनको बिदाइको दिन सेरिल क्रोसँग युगल गीत गाउने सूचना जारी गरेका थिए । आर्थरका अनुसार त्यो दिन उनले ‘एभरी डे इज ब विन्डिङ रोड’, र ‘इफ इट मेक्स यु ह्याप्पी’ गरी दुई गीत गाउने तयारी गरेका थिए ।
तर फाइनलको दिन जब सेरिल स्टेजमा चढिन् उनलाई साथ दिन आर्थर गन हैन टप १६ बाट बाहिरिएका ग्राहम डिफ्रान्को देखा परे । यो देखेर जज लियोनेल रिची र लुक ब्रायन पनि चकित परेका थिए ।
प्रस्तोताले न जजले कसैले पनि आर्थर गन किन स्टेज चढेनन्, कसैले केही बताएको थिए । तर, फ्यानहरूबीच भने यसले राम्रै खुल्दुली जन्मायो । आर्थरलाई र अमेरिकन आइडल दुवैलाई ट्याग गर्दै धेरैले आफ्नो जिज्ञाषा राखे ।
अन्तत ः सिजनको अन्त्य भएसँगै आर्थर गनले आफूले अमेरिकन आइडलमा देखा नपर्नुको कारण बताएका छन् । आर्थरले दुई दिन पछि इन्स्टाग्राममा लामो पोस्ट राख्दै अमेरिकन आइडलको वातावरणका कारण आफूले अन्तिम समयमा स्टेजमा देखानपर्ने निर्णय लिएको बताएका छन् । ‘ हो मैले लिजेन्डरी सेरिल क्रोसँग गाउने मौका गुमाएँ’ उनले लेखेका छन्, ‘जे भयो अब त्यो विषयमा कुरा गर्नुको अर्थ छैन । मैले अन्तिम समयमा यो निर्णय लिनमा केही व्यक्तिगत मूल्यमान्यता र मन दुखाउने वातावरणजन्य अनुभवको हात छ । यो भनिरहन जरुरी पनि छैन , जे भयो भयो । अगाडि बढ्नुको विकल्प पनि छैन ।’
उनले यसका लागि अमेरिकन आइडललाई दोष दिन नहुने पनि बताएका छन् । उनले दर्शकझैं आफूलाई पनि यो प्रकरणले नमज्जा लागेको र यसले फ्यानलाई दुखाएको भए माफी दिन पनि आग्रह गरेका छन् ।
अमेरिकन आइडलबाट बाहिरिए लगत्तै आर्थरले ‘सेभ मी नाऊ’ बोलको गीत सार्वजनिक गरेका छन् । ५ अघि सार्वजनिक भएको गीतले ३ लाख मात्र दर्शक पाएको छ तर सार्वजनिक गीतमा ३ हजारभन्दा बढीले प्रतिक्रिया दिँदै अमेरिकन आइडल नजिते पनि आर्थर नै आफूहरूको आइडल भएको प्रतिक्रिया दिएका छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया