शिख नेता खालिस्तानीको हत्या प्रकरण : क्यानडाले गर्यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

काठमाडौँ- एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।
क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बताएकी छन् ।
यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए ।
सोमबार संसदमा सम्बोधन गर्ने क्रममा उनले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको बताएका थिए ।
गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।
र यो पनि

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया