असोज महिनाका लागि ६ बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौँ- वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
नेपाल बैंकर्स सङ्घले बैंकहरूलाई आफुखुसी ब्याजदर बढाउन वा घटाउनका लागि स्वतन्त्रता दिएसँगै बैंकहरूले आ–आफ्नो ब्याजदर सार्वजनिक गर्दै आएका छन् ।
असोज १ गतेबाट लागु हुने गरी २१ वटा वाणिज्य बैंकहरू मध्ये १७ वटाले बैंकले नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । जसमध्ये ६ वटा बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएर सूचना प्रकाशित गरेका छन् ।
असोज महिनाका लागि ब्याजदर घटाउनेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंक छन् । यी बैंकहरूले भदौ महिनाको तुलनामा असोज महिनाका लागि केही प्रतिशत ब्याजदर घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरू मध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको हो। भदौको तुलनामा नेपाल बैंकले १.६०३ प्रतिशतले ब्याजदर घटाएको छ । असोजमा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ ९.२९३ प्रतिशत र संस्थागततर्फ ७.२९३ प्रतिशत ब्याँज प्रदान गर्ने भएको छ ।
भदौ महिनामा बैंकले मुद्दती निक्षेपको व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो । यस्तै, सिटिजन बैंकले पनि भदौ महिनाको तुलनामा ०.८४६ प्रतिशतले ब्याजदर घटाएको छ । बैंकले असोजमा व्यक्तिगत तर्फ १०.०५ प्रतिशत र संस्थागततर्फ ८.०५ प्रतिशत ब्याजदर कायम गरेको छ। भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याँज दिएको थियो ।
कुमारी बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ १०.११ प्रतिशत र संस्थागत तर्फ ८.११ प्रतिशत प्रतिशत ब्याजदर कायम गरेको छ । जुन भदौ महिनाको तुलनामा ०.७८६ प्रतिशत कम हो । भदौ महिनामा बैंकले व्यक्तिगत तर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिएको थियो ।
त्यसै गरी, राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाका लागि व्यक्तिगत तर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेको छ । यो भदौ महिनाको तुलनामा ०.४९ प्रतिशत कम हो । बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याँज दिएको थियो ।
लक्ष्मी सनराइजले पनि नयाँ ब्याजदर सार्वजनिक गर्दै असोज महिनाका लागि ब्याजदर तोकेको छ । बैंकले भदौ महिनाको तुलनामा केही प्रतिशत ब्याजदर कम गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । भदौ महिनामा बैंकले व्यक्तिगततर्फ १०.४ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर दिएको थियो ।
त्यसै गरी, ग्लोबल आइएमई बैंकले पनि भदौ महिनाको तुलनामा ०.३९६ प्रतिशतले ब्याजदर घटाएको छ। बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.५ प्रतिशत र संस्थागततर्फ ८.५ प्रतिशत ब्याज दिने भएको हो ।

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

प्रतिक्रिया