कर्णालीमा तीन वर्षमा ५५ वटा झोलुङ्गे र २२ वटा पक्की पुल निर्माण

सुर्खेत- कर्णाली प्रदेश सरकारले तीन वर्षमा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म प्रदेशका १० जिल्लामा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीका अनुसार तीन आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार सात सय ८० घर निर्माण भएका छन् । सोअन्तर्गत सङ्घ सरकारबाट दुई हजार चार सय ८९ वटा घर निर्माण भएका छन् भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ भवन, ९९ सडक, सात विद्युतीय संरचना, ३९ तटबन्ध र बाँध, ६८ सिँचाइ आयोजना र ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताए ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया