विराटनगरका पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोशी प्रदेशको राजधानी विराटनगरका पाँच स्थानमा दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले विराटनगर महानगरपालिकालाई केन्द्रविन्दुमा राखेर भोलि असोज १ देखि दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको आदेश जारी गरेको हुन् ।
विराटनगर महानगरपालिकालाई केन्द्रविन्दु राखेर विभिन्न समूहहरुबाट विरोध, धर्ना, जुलुसहरु जस्ता विरोधका कार्यक्रम भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भन्दै सुरक्षा जोखिमलाई मध्यनजर गर्दै असोज १ गते विहान ६ बजेदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधित क्षेत्र तोकिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरीको ३०० मिटर र जिल्ला प्रशासन कार्यालय मोरङ नजिक डाँफे चोकदेखि पूर्वतर्फ निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार उल्लेखित स्थानहरुमा सर्वसाधारण तथा सवारी साधन आवत जावतबाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम निषेध गरिएको निषेधाज्ञा आदेशमा उल्लेख छ ।
आदेश उल्लंघन गरेको पाइएमा प्रचलित कानून वमोजिम कारवाही गरिने समेत जनाइएको छ ।
कोशी प्रदेश नामकरणपछि विराटनगरमा प्रदेश राजधानी केन्द्रीत आन्दोलन हुने गरेका छन् । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएलगत्तै पहिचानवादी संघसंस्थाहरुले नामाकरणविरुद्ध पुनः आन्दोलन गर्ने बताउँदै आएका छन् । त्यसका साथै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी लगायत पनि आन्दोलनमा उत्रिएका छन् ।
सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरिरहेका कारण त्यस विरुद्धसमेत आन्दोलन हुने सुरक्षा निकायको अनुमान छ ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_ttZhEMatQh_xqgosreh1hj1mceigjri5smsbuek6h0wfhwfxskmyb6qghnkmxubbpuloh08.jpg)
प्रतिक्रिया