यी नम्बरमा फोन गरे खाद्य र साल्ट ट्रेडिङले घरमै ल्याइदिन्छ खाद्यान्न
काठमाडौँ : काठमाडौँ उपत्यकामा अब फोन गरेमा घरमै खाद्यान्न आइपुग्ने व्यवस्था भएको छ । उपत्यकामा किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै वैकल्पिक व्यवस्था गरिएको हो ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा फोन गरे खाद्य सामाग्री घरमै आइपुग्ने काठमाडौँ जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सूचना जारी गरेको छ ।
'कतै खाद्यान्न वस्तुको अभाव भई खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न खरिद विक्रिको व्यवस्था मिलाइएको' जारी सूचनामा भनिएको छ 'खाद्यान्न सम्बन्धी जुनसुकै समस्या भएमा निम्नानुसारका सम्पर्क व्यक्तिहरुसँग सम्पर्क गर्नु हुन सबैमा अनुरोध छ ।'
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनको आलोचना भइरहेको थियो ।

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

प्रतिक्रिया