`बाआमा´ र `चिसो बाफ´लाई चिसाप पुरस्कार

भरतपुर। चितवन साहित्य परिषद्ले `बाआमा´ र `चिसो बाफ´ पुस्तकलाई चिसाप पुरस्कार प्रदान गरेको छ । शनिबार परिषद् भवनमा कार्यक्रम आयोजना गरी ’चिसाप राजकृष्ण मायादेवी कंडेल साहित्य पुरस्कार- २०८०’ आख्यानकार रामलाल जोशीको बाआमा र ’चिसाप माधव खनाल साहित्य पुरस्कार- २०८०’ आख्यानकार गोपी सापकोटाको चिसो बाफलाई प्रदान गरेको हो ।
परिषद्का पूर्वअध्यक्ष साहित्यकार स्व. राजकृष्ण कंडेलको स्मृतिमा स्थापित ’चिसाप राजकृष्ण मायादेवी कंडेल साहित्य पुरस्कार र स्व. उपन्यासकार माधव खनालको स्मृतिमा स्थापित ’चिसाप माधव खनाल साहित्य पुरस्कारको पुरस्कारको राशि जनही रु ३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको परिषद्ले जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि गोविन्दराज विनोदी, चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल, पुरस्कारका संस्थापक मायादेवी कँडेल र वामदेव खनालले पुरस्कृत स्रस्टालाई दोसल्ला ओढाएर नगद राशिसहित प्रमाणपत्र उपलब्ध गराएका थिए । चिसो बाफका लेखक सापकोटा मुलुक बाहिर रहेकाले उनकी आमा गंगादेवी सापकोटाले पुरस्कार ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा पुरस्कृत कृति बाआमाका बारेमा गणेश श्रमण र चिसो बाफका बारेमा शान्ति शर्माले समीक्षात्मक टिप्पणी राखेका थिए । १५८औँ मोती जयन्तीका अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा युवाकवि मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा किसान प्रेमी, सरला जोशी, विष्णु तिवारी उषा, विद्या भण्डारी चिराग, राजेन्द्र घायललगायतले गजल, कविता वाचन गरेका थिए । कार्यक्रममा बाआमाका लेखक रामलाल जोशीले आफ्नो सिर्जना यात्राको बारेमा बोलेका थिए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया