सरकारले काम गर्न नसकेको निधिको आरोप

जनकपुरधाम - नेपाली कांग्रेसका पूर्व उपसभापति एवं संघीय सांसद विमलेन्द्र निधिले वर्तमान सरकार काम गर्न नसकेको जनकपुरधाम सहित मधेश प्रदेश पछि परेको आरोप लगाएका छन् ।
शनिबार बेलुका सम्पन्न नेपाल स्वर्णकार ठाकुर उत्थान संघको निर्वाचित नगरस्तरीय पदाधिकारीको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, 'सरकारले जति काम गर्नुपर्ने हो, गर्न सकेको छैन । यसै कारणले जनकपुरधामसहित मधेश प्रदेश पछाडि परेको हो । यो संघीय सरकार मधेशको विकासप्रति उदासीन देखिएको छ । '
निधिले यो सरकारले कामै नगरेको पनि होइन नागरिकता ऐन पारित लगायतका महत्वपूर्ण केही काम भने गरेको छ । एमाले त नागरिकता ऐनको विरोधमै थिए । जसको प्रत्यक्ष उदाहरण एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले ऐन पारित नै नगरी थन्काई दिइन् । तर यो गठबन्धनको सरकारले सो ऐन प्रमाणीकरण गरेर लाखौं नागरिकताविहीनलाई अनागरिक हुनबाट जोगाएको उनको भनाइ छ ।
उनले संघीय सरकार विकासप्रति जिम्मेवार नभएपनि प्रदेश र स्थानीय सरकारले जनकपुरधामको विकासका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताए । साथै उनले असोज ८ गतेका दिन राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आउने कार्यक्रम रहेको जानकारी समेत दिए । उनले राष्ट्रपतिको अभिनन्दनको तयारी गर्न जनकपुरधाम उपमहानगरपालिकालाई आग्रह समेत गरे ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह, जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, नेपाल स्वर्णकार ठाकुर उत्थान संघका केन्द्रिय अध्यक्ष सत्यनारायण ठाकुर लगायतका वक्ताहरूले पनि आ आफ्ना धारणा राखेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया