कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

धनगढी : कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा से १ त ९५३३ नम्बरको ट्रयाक्टरले से १ प ६७६५ को मोटर साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार ३५ वर्षीया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । मोटरसाइकल चालक मृतकका ५५ वर्षीय श्रीमान डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशी घाइते भएका छन् ।
उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया