जाम्पाले बराबरी गरे ओडिआईमा सर्वाधिक रन खर्चिने बलरको कीर्तिमान

काठमाडौँ- अस्ट्रेलियन बलर एडम जाम्पाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिङ्समा सर्वाधिक रन खर्चिने कीर्तिमान बराबरी गरेका छन् ।
शुक्रबार राति घरेलु टोली दक्षिण अफ्रिकासँग अस्ट्रेलियाले १ सय ६४ रनको पराजय भोग्दा जाम्पाले सर्वाधिक रन खर्चिने कीर्तिमानको बराबरी गरेका हुन् ।
जाम्पाले दक्षिण अफ्रिकाविरुद्ध १० ओभर बलिङ गर्दा कुनै पनि विकेट नलिएर १ सय १३ रन खर्चिए ।
यसअघि सन् २००६ मा अस्ट्रेलियाकै बलर माइकल लेविसले १० ओभरमा दक्षिण अफ्रिकाविरुद्ध १ सय १३ रन खर्चिएका थिए ।
शुक्रबार राति अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका हेनरिच क्लासेनले ८३ बलमा समान १३ चौका र १३ छक्का प्रहार गर्दै १ सय ७४ रन बनाएका थिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया