इंग्ल्यान्डले जित्यो न्यूजिल्यान्डविरुद्धको सिरिज

काठमाडौँ- घरेलु टोली इंग्ल्यान्डले न्यूजिल्यान्डविरुद्धको चार खेलको एकदिवसीय सिरिज ३-१ ले जितेको छ ।
शुक्रबार राति लर्ड्समा भएको चौँथो तथा अन्तिम खेल एक सय रनले जित्दै इंग्ल्यान्डले सिरिजमाथि कब्जा जमाएको हो ।
शुक्रबार राति ३ सय १२ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले ३८ ओभर २ बलमा सबै विकेट गुमाएर २ सय ११ रनमात्र बनाउन सकेपछि घरेलु टोलीले सहजै जित हात पारेको हो ।
विशाल लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्डका राचिन रविन्द्रले सर्वाधिक ६१ रन बनाए । इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ४ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि डाविड मलनले सर्वाधिक १ सय २७ रनको योगदान गरे ।
न्यूजिल्यान्डका लागि राचिन रविन्द्रले सर्वाधिक ४ विकेट लिए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया