एकदिवसीय सिरिजः अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित

काठमाडौँ- अस्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको चौँथो खेलमा घरेलु दक्षिण अफ्रिकाले शानदार जित हात पारेको छ ।
शुक्रबार राति सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाले पाहुना टोली अस्ट्रेलियालाई १ सय ६४ रनले पराजित गरेको हो । यससँगै सिरिज २-२ को अवस्थामा पुगेको छ ।
शुक्रबार रातिको खेलमा ४ सय १७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३४ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ५२ रनमात्र जोड्न सक्यो ।
अस्ट्रेलियाका लागि अलेक्स क्यारीले सर्वाधिक ९९ रन बनाए । दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ तथा कागिसो रबाडाले ३ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय १६ रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले ८३ बलमा समान १३ चौका र १३ छक्का प्रहार गर्दै १ सय ७४ रन बनाए । डेभिड मिलरले ८२ तथा रास्सी भान डेरले ६२ रनको योगदान गरे ।
अस्ट्रेलियाका लागि जोश ह्याजलउडले सर्वाधिक २ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया