एसिया कपः बंगलादेशसँग हार्यो भारत

काठमाडौँ- एसीसी एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनलमा प्रवेश गरिसकेको भारतले पहिलो पराजय भोगेको छ ।
शुक्रबार राति श्रीलंकामा भएको सुपर फोरको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो ।
यससँगै प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशले अन्तिम खेलमा जित हात पार्दा फाइनल खेल्नुअघि भारतले भने पराजय भोगेको हो । भारतले आइतबार श्रीलंकाविरुद्ध फाइनल खेल्दैछ ।
शुक्रबार राति २ सय ६६ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ५९ रनमात्र जोड्न सक्यो ।
भारतका लागि ओपनर शुवमन गिलले ८ चौका र ५ छक्काको मदतमा १ सय ३३ बलमा १ सय २१ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन ।
बंगलादेशका लागि मुस्ताफिर रहमानले सर्वाधिक ३ तथा तान्जिम हसन साकिव र महेदी हसनले २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन जोड्यो । बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ८० तथा टोउहिड हृदोयले ५४ रनको योगदान गरे ।
भारतका लागि शार्दूल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट हात पारे ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया