रूपान्तरण अभियानमै महोत्तरी माओवादीमा समानन्तर गतिविधि

महोत्तरी- नेकपा माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको बेला बर्दिवास नगरपालिकामा समानन्तर अभियान सुरु भएको छ ।
'जनतासँग माओवादी विशेष रुपान्तरण' अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रीय सदस्य अच्युतम काफ्लेले समानन्तर गतिविधिले दिक्क भएको बताएका छन् ।
इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समानन्तर गतिविधि भएको ठहर गर्दै एक विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्तिमा पार्टीको कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरूले समानन्तर गतिविधि गरेको बताउँदै यस्ता गतिविधि नगर्न सचेतसमेत गराइएको छ ।
गत २९ भदौ दिनबाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिँदै इन्चार्ज काफ्लेले समानन्तर गतिविधमा लागेको पाइएमा गम्भीर अनुशासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन् । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरबीच विवाद चुलिँदै गएको छ । बर्दिवासमा नै २ वर्षदेखि पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनि वडा अभियान सकेपछि निष्कर्षमा पुर्याउने बताउँदै आएको छ ।
यसैबीचमा बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको बेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज बनाएर रुपान्तरण अभियानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने ? भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम सञ्चालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।
तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्वीकार गरेका छन् । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रीय बैठकको निर्णय अनुसार नै पार्टी चल्नुपर्ने र पार्टी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनीहरूको भनाइ छ ।
नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम सञ्चालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पार्टी हितका लागि नै आफूहरू लागि परेको सुस्लिङ्ग पक्षधरको दाबी छ ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया