प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका जाने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार साँझ ६ अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुई जना सुरक्षा गार्ड रहेका छन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाई सम्बोधन गरेर अमेरिकाबाट असोज ५ गते चीन भ्रमणमा जाने कार्यतालिका रहेको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया