उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हत्तोत्साही बनायोः अध्यक्ष अग्रवाल

काठमाडौँ - नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहीत बनाएको बताएका छन् ।
शुक्रवार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दुःखी बनाएको बताए । उनले सरकारको नीति व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताए । उनले कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गरे । उनले पछिल्लो समय सरकारको कानूनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताए । उनले आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताए । उनले व्यवसायीहरु अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । उनले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताए ।
उनले भने, ‘नेपालको ऐन कानून व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालका छन् । कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने,थुन्ने अनि मात्रै सुन्ने गरिएको छ । यसले लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको छैन । आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको पाएका छौं । अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिर्वाय रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा राख्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ । सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा छन् । उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भएका छन् । उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्नुभएन । ठूलो अपराध हो भने ठिक हो । तर, जे मा पनि हतकडी लगाउँदा बजारमा नकारात्मक सन्देश गयो ।’
उनले आमजनताले सबल अर्थतन्त्रको आशा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यान हुनुपर्ने बताए । उनले अहिले खर्च गर्ने आत्मबल घट्दा बजारमा मन्दी छाएको बताए ।

अन्तर्राष्ट्रिय स्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन तथा बिक्री वितरण आजैबाट सुरु

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

प्रतिक्रिया